आमासंग छोरी पराजित

काठमाडौं, २० चैत । महिलातर्फको उपाधि रेखा घिमिरेले जितिन् । उनले उपाधि कुम्ल्याउन छोरी अदिती घिमिरेलाई हराइन् । रेखाले महिलातर्फ च्याम्पियन बन्दा सर्वाधिक २५ अंक हात पारेकी थिइन् । छोरी अदितीले दोस्रो स्थान रक्षा गर्दा २१ अंक बटुलिन् । छोरीलाई निराश पार्दै उपाधि जित्दा नमज्जा लागेको रेखाले बताएकी छिन् । ‘छोरीलाई नै पराजित गरी उपाधि जित्दा रमाइलो लागेन,’ उनले भनिन्, ‘सक्दो छोरीले नै उपाधि जितोस भन्ने चाहना राखेकी थिइन् ।’

२० चैत २०७२, शनिवार १२:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु