नेपाली राष्ट्रिय फुटबल टोली आज चाइनिज ताइपेइविरुद्ध खेल्दै
नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइविरुद्ध खेल्दैछ ।
पहिलो लेगमा ताइपेइलाई उसकै मैदानमा २-० ले पराजित गरेको आज कुवेतको जाबेर अल्अ-हमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा उच्च मनोबलसहित मैदानमा उत्रिँदैछ ।
छनोटको तयारी स्वरूप गत हप्ता भएको इराकविरुद्धको खेलमा सुन्दर फुटबल खेलेको नेपाल आजको खेलमा पनि सोही लक्ष्यसहित मैदानमा उत्रिनेमा विश्वस्त हुनसकिन्छ ।
गत चैतमा नेपाली राष्ट्रिय टोलीको नेतृत्व सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आजको खेल पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ । सुरुआतदेखि नै नेपालले अब आक्रामक फुटबल खेल्ने बताएका अल्मुताइरीले इराकविरुद्धको खेलमा सावित पनि गरेका थिए ।
आफूभन्दा १ सय ३ स्थानमाथिको इराकलाई केही समय दबाबमा राखेर २-१ को अग्रतासम्म लिएको नेपालले अन्ततस् ६-२ ले खेल हारेको थियो ।
तर, विश्वकप खेलिसकेको टोलीसँग त्यो स्तरको प्रदर्शन गर्नुलाई नेपाली फुटबल प्रेमीले सकारात्मक रूपमा लिएका छन् । त्यसैको आधारमा आज नेपालले ताइपेइविरुद्ध शानदार प्रदर्शन गर्ने अपेक्षासमेत धेरैले गरेका छन् ।
२० जेठ २०७८, बिहीवार १६:४० बजे प्रकाशित





