बी डिभिजन लिगमा झम्सीखेल र श्रीभगवती दोस्रो जितको खोजिमा

राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबलमा आज पनि दुई वटा खेल हुँदै छन् ।

एन्फा मैदान सातदोवाटोमा हुने पहिलो खेलमा झम्सीखेल युथ क्लब र श्रीभगवती क्लब आमने सामने हुने छन् ।

मध्यान्ह सवा १२ बजे शुरुहुने खेलमा झम्सिखेल दोस्रो जितको खोजिमा हुने छ । अहिलेसम्म एक खेल मात्रै जितेको झम्सिखेल तीन खेलमा ड्र खेल्दा बाँकी चार खेल गुमाएको छ ।

झम्सिखेल ६ अंकका साथ ११ औं स्थानमा रहेको छ । आजको खेलमा विजयी भए झम्सिखेल आठौं स्थानमा उक्लने छ ।

यस्तै श्रीभगवती क्लबले पनि जारी लिगमा एक खेलमा जीत र तीन खेलमा ड्र र चार खेलमा पराजय भोगेको छ ।

तालिकामा ६ अंक नै जोडेको श्रीभगवती पनि दोस्रो जितकै खोजिमा हुने छ । भगवती विजयी भए पनि तालिकाको आठौं स्थानमा उक्लने छ ।

यस्तै दिउँसो साढे ३ बजे शुरुहुने दोस्रो खेलमा रानीपोखरी कर्नर टिम आरसीटी र श्रीकुमारी क्लब आमने सामने हुने छन् । आरसीटी पाँचौ तथा श्रीकुमारी आठौं स्थानमा रहेको टिम हो ।

२० फागुन २०७७, बिहीवार ०५:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु