फ्रेन्च लिग वानमा पिएसजीको सहज जित

फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले सहज जित हासिल गरेको छ ।
गए राती सम्पन्न खेलमा पिएसजीले स्ट्रासबर्गविरुद्ध ४- ० गोल अन्तरले पराजित गरेको हो ।
पिएसजीका लागि किलियन एम्बाप्पे, मोइस कीन, इन्ड्रीसा गुएये र टिमोथी पेम्बेलेले एक एक गोल गरेका थिए ।
योसँगै पिएसजीले यस बर्ष २०२० मा अब कुनै खेल खेल्ने छैन ।
लिगमा २०२० सकिदै गर्दा पिएसजी तेस्रो स्थानमा रहेको छ ।
यो जितपछि पिएसजी १७ खेलमा ३५ अंक सहित तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै स्ट्रासबर्गको १७ खेलमा १४ अंक रहेको छ भने लिगमा १७औ स्थानमा रहेको छ ।
९ पुस २०७७, बिहीवार ०६:५७ बजे प्रकाशित