नेपाललाई १७ बर्षपछि फुटबलमा ‘साग’ स्वर्ण

12715728_1084146574959278_3492079059740434870_n (1)काठमाडौं, ४ फागुन । भारतीय भूमिमै भारतलाई हराउँदै नेपालले २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलमा स्वर्णपदक जितेको छ ।

सोमबार राति भएको फाइनल खेलमा नेपालले भारतलाई उसकै घरेलु मैदानमा २(१ गोल अन्तरले पराजित गरेको हो ।

भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमबार राति भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतसँग एक सून्यले पछि परेको स्थिति उल्टाउँदै नेपालले २३ वर्षपछि पुरुष फुटबलको उपाधि जितेको छ।

खेलको ३२ औैं पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको भारतलाई खेलको ६५ औँ मिनेटमा नेपालका लागि प्रकाश बुढाथोकीले गोल गर्दै खेल बराबरीमा ल्याए। लगत्तै ५ मिनेटपछि नै खेलको ७० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए।

12742383_544226522402237_4136456137715377643_n

बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि नवयुगको उक्त खेल नै विजयको लागि निर्णायक बन्यो । १७ वर्षपछि सागको फाइनलमा पुगेको नेपाली टोली यसपटक उच्च मनोबलका साथ मैदान उत्रिएको थियो । करिब १ महिनाअघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि उचालेको नेपाली टिमले जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन जारी राखेको छ ।

पहिलो खेलमा भुटानविरुद्ध दमदार जित निकालेको नेपाल दोस्रो खेलमा बंगलादेशसँग २–१ ले स्तब्ध भएको थियो । यद्यपी सेमी फाइनलमा अर्को ग्रुपको विजेता माल्दिभ्सलाई रोमाञ्चक खेलमा ४–३ ले पराजित गरेपछि नेपालले फाइनल यात्रा तय गरेको हो ।

नेपालले यसअघि सन् १९८४ र १९९३ को दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा स्वर्णपदक जितेको थियो ।

४ फागुन २०७२, मंगलवार ०५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु