आयरल्यान्डद्धारा नेपाल सामु १३२ रनको चुनौति
काठमाडौ, १६ माघ । बंगलादेशमा जारी आईसीसी यू-१९ विश्वकपमा आज नेपाल आयरल्यान्डसँग खेलिरहेको छ । टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले नेपाल सामू १३२ रनको चुनौति दिएको छ । निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाई आयरल्यानडले १३१ रन जोडेको हो । नेपालका लागि सन्दिप लामिछानेले ह्याटि्रक सहित ५ विकेट लिएका छन् । लामिछाने नेपालका लागि ह्याटि्रक गर्ने दोस्रो खेलाडी भएका छन् । यसअघि अविनाश कर्ण यू-१९ मै उक्त रेकर्ड बनाएका थिए । नेपालले समुह डी अन्तरगतको पहिलो खेलमा न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो ।
१६ माघ २०७२, शनिवार ०६:२६ बजे प्रकाशित