सर्लाहीको शंकरपुरमा दुई व्यक्ति मृत फेला
सर्लाही, मंसिर २७ । सर्लाहीको शंकरपुरस्थित सागरनाथ वन परियोजना नजिकै रहेको श्रीनगर टोलमा शंकर ८ मा दुई व्यक्तिका शव फेला परेका छन् । परालले छोपेर राखेको अवस्थामा दुई जनाको शव फेला परेको छ । उनीहरुको सनाखत हुन सकेको छैन । मृतकहरु मधेसी मूलका रहेको प्रहरीले बताएको छ । दुबैको छातीमा गोलीको दाग छ । साथै धारिलो हतियारको समेत चोट छ । स्थानीयले शनिबार साँझ सात बजे परालभित्र छोपिएर राखेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुको कहाँ हत्या भयो र कसले त्यहाँ लुकायो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
२७ मंसिर २०७२, आइतवार ०६:३५ बजे प्रकाशित