सिन्धुपाल्चोकमा पहिरो: २२ घर पुरिए, ५ परिवार सम्पर्क विहीन

अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा २२ घर पुरीएको छ । पहिरोले पाँच घरपरिवारका स्थानीय सम्र्पक विहीन भएका छन् ।

आज बिहान ६ बजे स्थानीय लामाटोलबाट आएको पहिरोले घर पुरेको गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए ।

पहिरोले घर पुरीएका मध्ये केही घरका स्थानीय सम्र्पकमा आए पनि पाँच घरपरिवारका कोही पनि सम्र्पकमा आएका छैनन ।

घटनास्थलमा नेपाली सेनाको टोली केही बेरमा पुग्र्दछ भने प्रहरीको टोली पनि जादै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।

जिल्लाको विकट बस्ती भएकाले हेलिकोप्टेरबाट पहिरोमा बेपत्ता भएकाहरुको उद्धार गरिने तयारी भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

३० साउन २०७७, शुक्रवार ०८:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु