कर्णाली राजमार्ग फेरि पहिरोले अवरुद्ध

अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबीस नगरपालिका ५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।

’शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ’, ‘अहिले पहिरो पन्छाउन जेसिभी डोजर लगाइएको छ ।’

त्यस्तै शनिबार रातिदेखि कर्णाली राजमार्ग सडकखण्डको कालीकोट शुभकालिका गाउँपालिका १ गगनेखोलामा पहिरो गएर अवरुद्ध रहेको राजमार्ग पहिरो पन्छाएपछि अहिले चलेका छ ।

२५ साउन २०७७, आइतवार १८:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु