विप्लव समूहसँग वार्ताको पुनः प्रयास

विप्लव समूहसँग सम्पर्कमा छु : पाण्डे

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ताको प्रयास फेरि सुरु भएको छ ।

सरकारसँग समन्वय गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता सोमप्रसाद पाण्डेले वार्ताको पहल थालेका हुन् ।

पाण्डेले पनि विप्लव समूहलाई मूल धारमा ल्याउने पहल भइरहेको स्वीकार गरे ।

औपचारिक वा कानुनी रुपमा जिम्मेवारी लिएको नभई तत्कालीन राजनीतिक वार्ता समिति संयोजकको हैसियतमा आफूले काम गरिरहेको उनको प्रतिक्रिया छ ।

२०७५ भदौ पहिलो साता सरकारले विभिन्न समूहसँग सम्वाद गर्न पाण्डेको नेतृत्वमा राजनीतिक वार्ता समिति बनाएको थियो । समितिले केही भूमिगत समूह तथा आन्दोलनमा रहेका पक्षको पहिचान गरेर वार्ता पनि गरेको थियो । विप्लव समूहका नेताहरुसँग पनि सम्वादको प्रयास गरे पनि वार्ता हुन सकेन ।

सुरेश आले मगर, ताराकान्त चौधरी र लीलाकुमारी भण्डारी सदस्य रहेको समिति २०७५ मंसिर पहिलो साता विघटन भयो । फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगायो । त्यससता थुप्रै नेता कार्यकर्ता पक्राउ परेका छन् ।

अहिले फेरि विप्लव समूहलाई वार्तामा ल्याउने प्रयास सुरु भएको पाण्डेले बताए ।

‘विप्लव समूहसँग सम्पर्कमा छु । तपाईहरु वार्तामा नआई विकल्प छैन भनेको छु । उताबाट ठ्याक्कै कुरा आएको छैन । नकारात्मक कुरा पनि छैन’ उनले भने ।

यसअघि सरकारले वार्ताको नाममा आफ्ना नेतालाई फसाएको विप्लव समुहको बुझाइ छ । ‘वार्ताको प्रयास भन्दा भन्दै मोहन कार्की, पदम राईलगायतका नेताहरुलाई फसाउने काम भयो । फेरि त्यस्तै प्रयास हुनसक्छ’ एक् नेताको आशंका छ ।

कार्की र राई विप्लव समूह छाडेर नेकपा प्रवेश गरिसके भने केही नेता जेलमा छन् ।

‘अब प्रचण्ड र बिप्लव एउटै मञ्चमा देखिनेछन्’

२४ साउन २०७७, शनिवार १२:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु