मध्य रातमा गुल्मीमा पहिरो, एकै परिवारका ४ को मृत्यु

१७ साउन, काठमाडौं । शक्रबार मध्य रातमा गुल्मीमा अविरल वर्षा सँगै आएको पहिरोको ढुङ्गाले किचेर ४ जनाको मृत्यु भएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ को बम्घामा बोटेमाझी थरकि एक महिला सहित ४ जनाको मृत्यु भएको स्थानिय समाज सेवि नारायण पौडेलले जानकारी दिए ।
बिना माझी र उनका ३ सन्तानसहित ४ जनाकोको माथीबाट खासेको पहिरोको ढुङ्गाले किचेर मृत्यु भएको नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका स्थानीयवासी पौडेलले बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदार राज पन्तले पनि ४ जनाको मृत्युको खवर आएको जानकारी दिए ।
१७ साउन २०७७, शनिवार ०१:०० बजे प्रकाशित