१८ जना संक्रमित अस्पतालबाहिर

काठमाडौं । कोरोना अस्पतालको रुपमा रहेको वीरगञ्जको नारायणी अस्पतालमा शय्या अभाव भएपछि १८ जना कोरोना संक्रमित अस्पतालबाहिर रहेका छन् ।

मंगलबार नै संक्रमण पुष्टि भए पनि शय्याको अभावले उनीहरुलाई अस्पताल लान नसकिएको हो ।

नरायणी अस्पतालको स्रोत अनुसार अहिले अस्पतालमा ६९ जना कोभिड १९ का बिरामी उपचाररत छन् । बाँकी १८ जना अझैसम्म क्वारेण्टाइनस्थल र घरमै छन् । देशभर २ सय १७ संक्रमित भेटिँदा हिजो मात्र ८३ जना भेटिएका थिए । जसमध्ये वीरगञ्जमा मात्र ५७ जना भेटिएका थिए ।

३१ वैशाख २०७७, बुधवार ०८:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु