सायद २ को ट्रेलर सार्वजनिक
चैत ३१ गते सायद २ को ट्रेलर सार्वजनिक गरिने भएको छ ।
नयाँ वर्ष इर्भको अवसर पारेर इन्टरनेशनल क्लव सानेपामा उक्त ट्रेलर सार्वजनिक गरिने सायद २ का निर्माता सुनिल रावलले वताए ।
चलचित्र क्षेत्रमा सायद,होस्टेल,होस्टल रिटर्न जस्ता उत्कृष्ट सिनेमा निर्माण गर्दै आएको दुर्गिश ब्यानरको अर्को चलचित्र हो सायद २ । न्यु ईयर ईभ म्युजिकल नाईट नाम दिइएको उक्त कार्यक्रमको विशेष आकर्षण भनेको विशिष्ट कलाकार तथा पत्रकारहरु बीच सायद २ टीमको उपस्थितिमा ट्रेलर सार्वजनिक नै रहेको रावलले बताए । दुर्गिश फिल्मस् प्रालि र ह्यापी ईभेण्ट्सको सयुक्त आयोजना रहेको उक्त कार्यक्रममा सायद २ का कलाकारहरुको उपस्थिती र नयाँ वर्षको शुभकामना साट्ने पनि रहेको छ ।
२०७४ साल असार ३० गते प्रदर्शन मिति तय भएको फिल्म सायद २ को मुख्य भूमिकामा शुशिल श्रेष्ठ,निशा कार्की,स्यारोन श्रेष्ठ,अमृत ढुङ्गाना,कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय रहेको छ । दुर्गिस् फिल्मको ब्यानरमा सुनिल रावलले निर्माण गरेको फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् । निर्माण युनिटमा रावलका अलावा ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माता तथा हेमदेव गौतम र कृष्ण प्रधान सह निर्माताको रुपमा रहेका छन् ।
२० चैत २०७३, आइतवार १४:५५ बजे प्रकाशित