तीन सय आयोजनाका लागि दश करोड

काठमाडौँ। नगरपालिकाबाट प्राप्त २८६ आयोजना स्वीकृत भई कार्यान्वयनको लागि रु १० करोड ३८ लाख विनियोजन गरी कार्य अगाडि बढाइएको छ ।  “नयाँ १३३ नगरपालिकाको भौतिक पूर्वाधार निर्माणको लागि लागत सहभागितामा आधारीत आगोजनाका लागि रु ८७ लाख ४३ हजारको दरले स्रोत विनियोजन गरी कार्यान्वयनमा लगिएको छ”– आज व्यवस्थापिका–संसद्मा प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्लेख छ ।  चालु आवको प्रथम आठ महिनामा स्थानीय विकास शुल्क कोषबाट पुराना ५८ नगरपालिकाको पूर्वाधार निर्माणका लागि निसर्त पूँजीगत अनुदान उपलब्ध गराइएको र लागत सहभागितामा आधारित आयोजना सञ्चालन गर्न जगेडा कोषमार्फत आयोजना गरिएको जनाइएको छ ।  “स्थानीय विकास कोषमा आव २०७१÷७२ मा रु दुई अर्ब ६१ करोड विनियोजना गरिएकामा रु ६० करोड नगरापलिकामा निसर्त पूँजीगत अनुदान नदिएको तथा जगेडा कोष कार्यक्रममार्फत रु एक अर्ब विनियोजन गरिएको छ”–सर्वेक्षणमा भनिएको छ ।  जगेडा कोषमा विनियोजित रकममा पुराना ५८ नगरपालिकामा सडक कालोपत्र, नाली, खानेपानी, ल्यान्डफिल्ड साइड निर्माण, दमकदल खरिद र फोहोरमैला व्यवस्थापनका लागि सवारी साधन खरिदसहित ३३५ वटा भौतिक पूर्वाधार निर्माणका आयोजना स्वीकृत भई २१२ वटा आयोजना सम्पन्न गरिसकेको छ ।  त्यसैगरी नगरपालिकाको सेवा प्रवाहमा सुदृढीकरण गर्दै भौतिक पूर्वाधार निर्माण गरी गरिबी न्यूनीकरण एवम् आर्थिक र सामाजिक विकास गर्न नगरपालिकामा चालु र पूँजीगत अनुदान प्रदान गर्ने गरिएको छ ।

१३ जेठ २०७३, बिहीवार १५:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु