थाहा ७ देउखेलमा बस सडकबाट बारीमा फस्यो, सबै यात्रु सकुशल

देउराली चिसापानी देउखेल चल्ती सडक खण्डस्थित कोलगैरीमा फसेको बस । तस्विर : बलबहादुर गोङ्वा
८ असार, मकवानपुर । मकवानपुरको थाहा ७ देउखेलमा बस सडकबाट बारीमा फसेको छ ।
देउराली चिसापानी देउखेल चल्ती सडक खण्डस्थित कोलगैरीमा बस फसेको हो । रोकिराखेको ट्रिपरलाई छल्न खोज्दा बस सडकबाट बारीमा फसेको हो ।
साँघुरो बाटोका कारण बस फसेको हो ।
थाहा ७ का वडासदस्य बलबहादुर गोङ्वाका अनुसार बसमा सवार सबै यात्रुहरु सकुशल रहेका छन् ।
८ असार २०७९, बुधवार ११:४७ बजे प्रकाशित