कपास उद्योगमा आगलागी 

कञ्चनपुर । कञ्चनपुरको झलारी–पिपलाडी नगरपालिका–११ मा रहेको बलदेव कपास उद्योगमा आज आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।  चार महिनाअघिमात्रै स्थापना भएको उद्योगमा आगलागी हुँदा कपास फिट्ने मेसिन, पच्चीस हर्स पावरको विद्युतीय मोटर, भण्डारण गरिएको कपास र कपासबाट तयार गरिएका गद्दा, सिरकलगायत जलेर क्षति भएको उद्योगका सञ्चालक उज्वल सिंह डडालले बताए । बीस लाखभन्दा बढीको लगानीमा सञ्चालन गरिएको उद्योगमा विद्युत् चुहावट भई आगलागी भएको हुनसक्ने इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए ।आगलागी स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । पुराना कपडाबाट कपास बनाउने उद्योग यस क्षेत्रमा यो नै पहिलो हो ।

१९ वैशाख २०७३, आइतवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु