बैदेशिक रोजगारीमा जानेहरुका लागि मापदण्ड

untitledकाठमाण्डौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा आबद्ध राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने कामदारका सेवासुविधाका विषयमा न्यूनतम समान मापदण्ड बनाइने भएको छ ।  राजधानीमा जारी ‘आप्रवाससम्बन्धी सार्क सहकार्यको कार्ययोजना’ विषयक कार्यशालामा सहभागीले मापदण्ड बनाउन लागेका हुन् ।  सार्कमा आबद्ध आठवटै राष्ट्रका श्रम तथा रोजगार सम्बद्ध मन्त्रालयका उच्च अधिकारीहरुले मापदण्डको खाका तयार पारेका हुन् ।
भेलाले सार्क राष्ट्रबाट बिदेसिने कामदारको न्यूनतम तलब, सेवा, सुविधा, हक अधिकारको न्यूनतम मापदण्ड बनाउन र उनीहरुका समस्या समाधानका लागि साझा रणनीति बनाउने छ ।  कार्यशालाको उद्घाटनमा श्रम तथा रोजगारमन्त्री दीपक बोहराले सार्क राष्ट्रका कामदारको गन्तव्य मुलुक र समस्या एउटै रहेकाले मिलेर जानका लागि योजना बनाउन कार्यक्रम आयोजना गरिएको बताए ।  मन्त्री बोहराले सार्क राष्ट्रबाट मात्रै ३ करोड ६० लाख विदेशिएको तथ्याङ्क प्रस्तुत गर्दै वैदेशिक रोजगारीसँगै जोडिएर आएको मानव बेचबिखनविरुद्धसमेत सार्क राष्ट्रको ऐक्यबद्धता आवश्यक रहेकामा जोड दिए ।  मन्त्रालयका सचिव विष्णु लम्सालले कामदारको सेवा, सुविधा, र सुरक्षामा सार्क राष्ट्रको साझा आवाज आवश्यक रहेको धारणा राखे ।

२१ वैशाख २०७३, मंगलवार ११:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु