बजेट अधिवेशन शुरु

ca-300x170काठमाण्डौँ । ब्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा बसेको आजको बैठकमा आज राष्ट्रपति बिद्यादेबी भण्डारीले संसद आव्हान गरेकोसम्बन्धि पत्र सभामुख ओनसरी घर्तिले पढेर सुाएकी हुन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रीहरुको पद तथा कार्यविभाजन सम्बन्धि पत्र पढेर भोलि बिहान ११ बजे पुनः बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।
बर्ष अधिबेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।
सरकारले आउँदो आर्थिक वर्ष २०७३÷७४ को नीति तथा कार्यक्रम यही २६ गते सदन समक्ष प्रस्तुत गर्ने छ ।
व्यवस्थापिका–संसद् सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रम र त्यसका लागि बनाएको प्रारम्भिक समय तालिकामा यहि २६ गते निति तथा कार्यक्रम सदन समक्ष प्रस्तुत गर्ने जानकारी दिएको हो ।
नेपालको संविधानमा व्यवस्था भए अनुसार सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले २६ गते दिउँसो ४ बजे प्रस्तुत गर्नुहुनेछ । आउँदो आर्थिक बर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आउँदोे जेठ १५ गते दिउँसो ४ बजे प्रस्तुत गर्ने गरी संसद् सचिवालयले कार्यसूचीको खाका तयार गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सचिवालयले चालु अधिवेशनका लागि तयार गरेको कार्यक्रम र समय तालिकाको प्रारम्भिक खाका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकलाई उपलब्ध गराइएको हो ।
संसद् सचिवालयले भूकम्पपछिको पुनःनिर्माण, देशका विभिन्न स्थानमा भएका आगलागी लगायत समसामयिक विषयमा भोली र पर्सीसंसद्को पूर्ण बैठकमा छलफल गर्ने जानकारी दिएको छ । अर्थमन्त्री पौडेलले पर्सी संसद्मा पेस गर्ने बजेटको सिद्धान्त र प्राथमिकतामाथि यहि २४ र २५ गते छलफल हुने छ ।

२१ वैशाख २०७३, मंगलवार १२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु