जेठ १५ मा संसद समक्ष बजेट पेश गरिने
पाल्पा, २० चैत । अर्थमन्त्री बिष्णु पौडेलले आउँदो जेठ १५ गते संदि समक्ष बजेट पेश हुने जानकारी दिएका छन । शनिबार बिहान तेल्घा ४ पाल्पाको गुफाचौरमा निर्माण गर्न लागिएको गणेशमुर्तिको अवलोकनका क्रममा पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले जेठ १५मा सदन समक्ष बजेट पेश हुने बताएका हुन । उनले वर्तमान सरकार अहिलेको व्यवस्थापिका संसदले निर्माण गर्ने अन्तिम सरकार हुने पनि दाबी गरे ।
२० चैत २०७२, शनिवार १५:५४ बजे प्रकाशित