चैत १५ गते मेलम्ची खानेपानीको विधिवत उद्घाटन

मेलम्चीबाट काठमाडौं ल्याइएको खानेपानीको चैत १५ गते विधिवत रुपमा उद्घाटन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानीको सार्वजनिक धारा खोलेर खानेपानीको विधिवत उद्घाटन गर्न लागेकी हुन् ।

उद्घाटनका लागि खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सम्बद्ध निकायहरुले तयारी गरिएको प्रधानमन्त्री केपी ओलीले बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा जानकारी दिएका हुन् ।

१२ चैत २०७७, बिहीवार १६:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु