कर्मचारी हाजिर नगराउने ३५ स्थानीय तहलाई आर्थिक कारबाही, कुन पालिकालाई कति सूचीसहित

संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारी फिर्ता पठाएका विभिन्न जिल्लाका ३५ वटा स्थानीय तहलाई आर्थिक कारबाही गर्न अर्थ मन्त्रालयलाई सिफारिस गरेका छ । मन्त्रालयको सचिव स्तरीय निर्णयले सिफारिस गरिएको हो ।

मन्त्रालयले कर्मचारीलाई हाजिर नगराएका विभिन्न स्थानीय तहमा १ करोड ८८ लाख १८ हजार ८ सय १६ रुपैयाँ १० पैसा रकम अनुदान कट्टा गर्न अर्थलाई लेखी पठाएको हो ।

मन्त्रालयले समायोजन भएर स्थानीय तहमा हाजिर हुन नपाएका कर्मचारीहरुको २०७७ साउनदेखि २०७७ चैतसम्मको तलब र चाडपर्व खर्च र पोसाक भत्तासमेत अनुदान कट्टा गर्न अर्थलाई पत्र लेखेको छ ।

 

३ पुस २०७७, शुक्रवार १३:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु