मर्निङ वाक हिँडेका एक पुरूष मृत फेला

चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृत भेटिएका छन् । उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए ।
आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।
शवको अवस्थिति हेर्दा गनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ ।
२२ कात्तिक २०७७, शनिवार २०:२६ बजे प्रकाशित