प्रधानमन्त्री ओली र नरावणेबीचको भेटघाट सकियो,

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणेबीच भेटवार्ता भएको छ । नेपालको तीन दिने भ्रमणमा रहेका नरावणेले प्रधानमन्त्री ओलीसँग शुक्रवार दिउँसो शिष्टाचार भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीचको समस्या संवादका माध्ययमबाट समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए । साथै, प्रधानमन्त्री र नरावणेबीच दुवै देशका सेनाप्रमुखलाई महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको विषयमा चर्चा भएको परराष्ट्र सल्लाहकार भट्टराईले बताए । उनले भने, “दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको वताउनु भयो । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत् समाधान हुने विश्वास ब्यक्त गर्नुभयो ।”
नेपालका सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा बुधवार काठमाडौं आइपुगेका नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महारथीको सम्मान ग्रहण गरेका थिए ।

२१ कात्तिक २०७७, शुक्रवार १४:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु