तातोपानी नाका खुल्यो
			असोज १९ गते खुलेलगत्तै बन्द भएको चीन-नेपाल तातोपानी नाका आजदेखि पुनः खुलेको छ ।
यसअघि कोरोना महामारीका कारण बन्द रहेको नाका खुलेलगत्तै सामान लोड–अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना पुष्टि भएपछि दुई दिनभित्रै बन्द भएको थियो ।
त्यसयता चीनले नेपाल पक्षलाई कोरोना महामारी सुरक्षाको प्रबन्ध गर्न अनुरोध गर्दै नाका बन्द गरेको थियो ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत जिम्सन रुम्दाली राईका अनुसार तिब्बतको वाणिज्य विभागले हिजो नाका खुल्ने तयारीबारे जानकारी दिएको थियो।
१२ कात्तिक २०७७, बुधवार १०:१४ बजे प्रकाशित
						 




