मौसम : देशभर आंशिक बदली, केही स्थानमा बर्षा

बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा अझै पनि कायमै रहेको छ ।

हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिक बदली रहनेछ।

प्रदेश १ का एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

२३ असोज २०७७, शुक्रवार ०६:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु