१८ दिने लकडाउन मोडालिटी तयार, जहाँ छ त्यहि बस्नुपर्ने

१८ दिने लकडाउन मोडालिटी तयार भएको छ ।
स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेको अवस्थामा लकडाउन गर्ने गरी मोडालिटी तयार गरेको थियो । तर, सक्रिय संक्रमित २५ हजार नाघिसक्दा पनि १८ दिने लकडाउन मोडालिटी स्वीकृत भएको छैन् ।
लकडाउन मोडालिटी स्वीकृति नभएपछि स्वास्थ्य मन्त्रालयले निशेधाज्ञा गर्न सिफारिस गरेको छ ।
तयार लकडाउन मोडालिटीमा हिडडुलमा रोक लगाउने भन्ने उल्लेख छ । लकडाउन मोडालिटीमा दशैं चाड मनाउन जाने र फर्किने तथा टिका थाप्न जानेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयलाई जोड दिने भनिएको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा कसरी सहजता ल्याउन सकिन्छ भनेर खोज्न निर्देशन दिईसकेका छन् ।
२३ असोज २०७७, शुक्रवार ०६:३३ बजे प्रकाशित