कस्तो छ सञ्जय दत्तको अवस्था ? बाहिरियो कमजोर तस्बिर

क्यान्सरद्वारा ग्रसितभारतीय अभिनेता सञ्जय दत्तको हालै सोसल मिडियामा एउटा तस्बिर सार्वजनिक भएको छ ।
जुन हेरेर थुप्रैले उनको स्वास्थ्य अवस्था बिग्रिएको आँकलन गरेका छन् । धेरैले उनको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
यसैक्रममा एक प्रयोगकर्ताले लेखिन्, ‘बाबा निकै कमजोर देखिएका छन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
अर्का एक प्रयोगकर्ताले लेखे, ‘आशा गर्छु, उनी चाँडै नै निको हुनेछन् ।’ सञ्जय दत्त फोटोमा निकै कमजोर देखिएका छन् । यो फोटो अस्पतालका कर्मचारीमध्ये एकले उनीसँग खिचाएका हुन् । सार्वजनिक भएको फोटोमा सञ्जयको तौल निकै कम भएको देखिएको छ ।
सञ्जयले गत अगस्ट ११ मा सोसल मिडियामा आफू केही समयकालागी उपचारका गराउन छुट्टी लिन लागेको बताए । यद्यपि, अभिनेता र उनको परिवारको तर्फबाट उनको स्वास्थ्यबारे कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन ।
२३ असोज २०७७, शुक्रवार ०६:३८ बजे प्रकाशित