कोरोना केहि होइन भन्दै ट्रम्प पुगे ह्वाइट हाउस, माक्स फाल्दै भने – डराउन आवश्यक छैन्

तीन दिन अघि कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उपचार छोडेर ह्वाइट हाउस फर्किएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी मंगलबार ह्वाइट हाउस फर्किएका हुन् ।

ह्वाइट हाउस फर्किएका ट्रम्पले ‘कोरोनाबाट डराउन जरुरत छैन’ भन्ने अभिव्यक्ति दिएका छन् । ह्वाइट हाउस पुगेर मास्कसमेत फालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी आगामी अक्टुबर १५ मा हुने दोस्रो राष्ट्रपतिय बहसमा सहभागी हुने कार्यक्रम छ । तथापि ह्वाइट हाउसले भने यसबारे कुनै पुष्टी गरेको छैन् ।

तीन दिन पहिला राष्ट्रपति ट्रम्प र उनी धर्मपत्नी मेलानियासहित १५ उच्च अधिकारी र केहि सांसदलाई कोरोना संक्रमण देखिएको थियो ।

२० असोज २०७७, मंगलवार १३:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु