महिला हिंसासम्बन्धी महिला सांसदको समिति गठन

संघीय संसदमा महिला सदस्यहरुको सोमबारको भेलाले महिला हिंसासँग सम्बन्धित घटना अध्ययन गरी सरकारलाई सुझाव दिन एक समिति गठन गरेकोछ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको महिला सांसदको भेलाले पुष्पा भुसाल, शान्ता चौधरी, प्रमिला कुमारी, अमृता थापा, लक्ष्मी परियार, विन्दा पाण्डे र पार्वती रावल रहेको समिति गठन गरेको बताए ।
समितिले बलात्कार घटनामा प्रंहरीले जाहेरी लिन नमानेको, जनप्रतिनिधि र परिवारका सदस्यले गराउने मिलापत्र, बलात्कारका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालगायतका विषयमा अध्ययन गर्ने सांसद पाण्डेले जानकारी दिइन् ।
१२ असोज २०७७, सोमवार १५:२७ बजे प्रकाशित