माइतीघरमा प्रदर्शनकारी कुट्ने प्रहरीलाई कारबाही हुने, छानविन गर्न समिति गठन

 

नेपाल प्रहरीले प्रहरीको कुटपिटबाट घाइते भएको घटना छानविनका लागि समिति गठन गरेको छ । एसएसपी किरण बज्राचार्य नेतृत्वको ३ सदस्यीय समितिले बिहीबार र शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको घटनाको छानविन गर्नेछ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति माग्दै प्रदर्शनमा निस्केकामाथि प्रहरीले काठमाडौंमा अनावश्यक बल प्रयोग गरेको थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले असोज १ र २ गते भएका दुई घटनाको अनुसन्धानका लागि बज्राचार्य नेतृत्वमा समिति गठन गरिएको जानकारी दिए । समितिमा एक डिएसपी र एक प्रहरी निरीक्षक सदस्य छन् ।

प्रहरीले बिहीबार १ गते १०० ग्रुपका संस्थापक बब्लु गुप्तालाई बबरमहलमा र १०० ग्रुपका सदस्य मनिष श्रेष्ठलाई शुक्रबार बुद्धनगरमा कुटपिट गरेको थियो । भिडियो भाइरल भएपछि यो घटनाको चर्को आलोचना हुँदै आएको छ ।

३ असोज २०७७, शनिवार १५:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु