रुसले कोरोनाविरुद्धको औषधि सार्वजनिक गर्यो, प्रयोग गर्न अनुमति

रुसले कोरोनाविरुद्धको एन्टिभाइरल औषधि कोरोनाविर प्रयोगमा ल्याएको छ ।

रुसी कम्पनी आर फार्माले बनाएको यो औषधि यही हप्तादेखि नै बिक्री वितरण हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याएसँगै रुसले कोरोनाविरुद्ध अर्को एन्टिभाइरल औषधिलाई प्रयोगका लागि अनुमति प्रदान गरेको हो ।

यसअघि मे महिनामा पनि रुसले एभिफाविर नामक औषधि प्रयोगमा ल्याएको थियो ।

रुसले बनाएको औषधि जापानी सुत्रअनुसार बनाइएको छ ।

कोरोनाविर औषधि १ सय ६८ जनामा प्रयोगका लागि अनुमति प्रदान गरिएको रुस सरकारले जनाएको छ ।

३ असोज २०७७, शनिवार १५:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु