फुटपाथ र ठेलागाढा पसल बन्द गर्ने तयारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन साता लामो निषेधाज्ञा खुकुलो बनाउँदै फुटपाथ र ठेलाको व्यवसाय पनि खुल्ला गरेको छ ।
प्रशासनको कार्यालयको आदेशको बुँदा नम्बर १० मा फुटपाथ व्यापार ठेला स्टेसनरी, विद्युतीय सामाग्री तथा डिपार्टमेन्ट स्टोरहरु विहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खुल्ला गर्न पाइने भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयको यस्तो निर्णय लगत्तै काठमाडौं महानगरले फुटपाथ सञ्चालनको आदेशमा आपत्ति जनाएको छ । शुक्रबार महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौं जिल्ला प्रशासनलाई एक ध्यानाकर्षण पत्र पठाएर आदेश फिर्ता लिन आग्रह गरेकी छिन् ।
ठेला र तथा फुटपाथ व्यवसायले महानगरभित्र कोरोना संक्रमण समूदाय तहसम्म फैलन सहयोग गर्ने र कन्ट्याक ट्रेसिङ गर्न नसकिने उपमेयर खड्गीले पत्रमा भनेकी छिन् ।
२६ भदौ २०७७, शुक्रवार २०:५२ बजे प्रकाशित