प्लाज्मा थेरापीबाट उपचाररत कोरोना संक्रमितको मृत्यु

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।
सर्लाही छकरघट्टा निवासी मृतक पुरुषको प्लाज्मा थेरापीबाट उपचाररत अवस्थामा आइतबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा। अतुलेश चौरसियाले जानकारी दिए।
उनलाई गत भदौं १४ गते अस्पताल भर्ना गरिएको थियो। सुरुवातदेखि नै अवस्था गम्भिर भएपछि उनको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको थियो।
प्लाज्मा थेरापी विधिमा निको भएका संक्रमित व्यक्तिको रगतमा भएको प्लाज्मा गम्भिर अवस्थाका संक्रमितमा दिइन्छ। जसबाट संक्रमितले प्रतिरोधात्मक क्षमता पाउने बताइएको छ।
मृतकको शब नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ। वीरगन्जमा मात्र ४० बढी कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
२२ भदौ २०७७, सोमवार १७:०३ बजे प्रकाशित