हुम्लाको रोडिकोटमा भीषण आगलागीः १५ घर नष्ट

हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका( ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ ।

एक घरबाट शुरु भएको आगलागीबाट अहिले १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए ।

बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ ।

नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन ।

आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

१८ भदौ २०७७, बिहीवार ०५:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु