अब ५०० बढी संक्रमित भेटिएका जिल्लामा निषेधाज्ञा हुने

सरकारले ५ सय भन्दाबढी कोरोनाभाइरसको सक्रिय संक्रमित भेटिएमा जिल्लामा निषेधाज्ञा गर्ने भएको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म ५०० भन्दा बढि सक्रिय संक्रमित भएका जिल्ला १२ वटा छन् ।

यस्तै दुई सयदेखि पाँच सय सक्रिय संक्रमित भएका जिल्ला १९ वटा छन् । यस्तै भौतिक रुपमा सहभागी भएर सोह्र श्राद्ध गर्दा संक्रमण हुन सक्ने भएकाले प्रविधिको प्रयोग गरेर श्राद्ध गर्न गौतमले आग्रह गरे ।

भौतिक रुपमा सहभागी भएर श्राद्ध गर्नुपर्ने अवस्थामा भने २ मिटरको दुरी भौतिक कायम गर्न तथा मास्क अनिवार्य लगाउन उनले सुझाव दिए । यसैबीच काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि भदौ २४ गतेसम्म बढाइएको छ ।

१८ भदौ २०७७, बिहीवार ०५:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु