हरतालिका तीजः व्रत लिंदैहुनुहुन्छ यि कुराहरु उपयोगी हुन सक्छन्

आज हरतालिका तीज, नेपाली नारीहरुको महान चाड ।

व्रत लिनेहरुको लागि आज बिहानै नित्यास्नान गरे लगत्तै व्रतको विधिवत शुरुवात हुन्छ । यस पटकको हरतालिका तीज शुक्रवारको दिन परेको छ ।

यस दिन विवाहित महिलाहरुले श्रीमानको लामो उमेरका लागि व्रत लिने चलन छ भने अविवाहितहरुले विवाहका लागि सुन्दर, कर्मशील तथा माया गर्ने श्रीमान भेटियोस् भनी व्रत बस्ने गर्दछन् । यस दिन भगवान शिव तथा माता पार्वतीको पूजा अर्चना गर्ने गरिन्छ ।

हर​तालिका तीज व्रतलाई सम्पूर्ण व्रतहरुमा श्रेष्ठ मानिन्छ । यो व्रत अत्यन्तै कठिन हुने गर्दछ । यो व्रतलाई दुई किसिमले लिने गरिन्छ । एउटा हो निर्जला अर्थात पानी समेत सेवन नगरी बसिने व्रत तथा अर्को हो फलहारी अर्थात मात्र फलफूलको सेवन गरिने व्रत ।

फलहारी व्रत राख्नेहरुले व्रतका क्रममा पानी पिउन सक्दछन् भने निर्जला व्रत्र राख्नेहरुले फलफूल केही नखाएर व्रतको नियम पालना गर्दछन् ।

निर्जला व्रत आफैमा चुनौतीपूर्ण प्रक्रिया हो । यस जटिल व्रतका क्रममा कैयन महिलाहरुको स्वास्थ्यले ठाउँ छाड्छ र बेहोस् भएर ढलेका खबरहरु पनि प्राप्त हुनेगरेका छन् भने कतिपयलाई व्रतका उचित तौर तरिका थाहा नपाएर समस्या भइरहेको समेत हुनसक्छ ।

आउनुहोस् तपाईंका लागि प्रस्तुत गर्दछ केही विशेष हरतालिका टिप्सः

१ यदि तपाईं हरतालिका तीजको व्रत लिंदैहुनुहुन्छ भने याद राख्नुहोस् घरमा आजको दिन मांसाहारी खाना नबनोस् तथा घरमा लहसुन तथा प्याज मिसिएको कुनैपनि खाना तयार नगर्नुहोस् ।

२ यदि व्रत लिनुभएको छ भने आजको रात नसुतेर महिलाहरु मिलेर भजन किर्तन गरी रातभरी जागरण गर्नुहोस् ।

३ यदि व्रत लिनुभएको छ भने आजको दिन खुशी रहनुहोस्, रिश या चिड्चिडाहटबाट टाढा रहनुहोस् । आफ्नो परिवारको साथमा समय खर्चिनुहोस् जसका कारण तपाईंलाई रिश उठ्नेछैन ।

४ यस दिन हाथमा मेहँदी अवश्य लगाउनुहोस् ।

५ व्रतका क्रममा दूधको सेवन नगर्नुहोस् । स्वास्थ्यका हिसाबले खाली पेटमा दूधको सेवन उचित मानिदैन ।

६ तीजमा व्रत निर्जला नै बस्ने गरिन्छ तर केहीलाई आफ्नो स्वास्थ्यको कारण फलहारी व्रत समेत बस्ने गर्दछन् । यसो गर्दा तपाईंले फलफूल खान सक्नुहुनेछ ।

७ सफा, चोखो कपडा लगाएर मात्र पूजा गर्नुहोस् । तीजमा सबैभन्दा बढी रातो, हरियो रङको साडी पहिरिने गरिन्छ । तीजको पूजा शिव जीका लागि गरिने व्रत हो र भगवान शिवलाई हरियो रङ अत्याधिक मन पर्दछ ।

६ हरतालिका व्रतका क्रममा १६ श्रृंगारको विशेष महत्व रहेको मान्यता छ । माता पार्वतीका लागि सौभाग्यका सामानहरु जस्तै रातो चुरी, टिका, सिन्दूर आदी मन्दिरमा चढाउनुहोस् ।

७ यस दिन शिव मन्दिर पुगेर शिव(पार्वतीको पूजा अर्चना गर्नुहोस् । वहाँसँग सौभाग्य तथा एकापसी प्रेमको कामना गर्नुहोस् । माता पार्वतीलाई चुनरी अपर्ण गर्नुहोस् ।

८ ॐ गौरीशंकराय नमः को जप १०८ पटक गर्नुहोस् । त्यसपछि माता पार्वतीलाई अपर्ण गरेको चुनरीमा ११ रुपैयाँ बाँधेर आफूसँग राख्नुहोस् ।

९ यस दिन पूजा पश्चात माता पार्वतीलाई खीरको भोग लगाउनुहोस् र त्यही खीरलाई प्रसाद स्वरुप श्रीमानलाई दिनुहोस् र व्रत समाप्त भएपछि आफै पनि खानुहोस् ।

१० पूजा पश्चात कोही विवाहित सौभाग्यवानलाई सौभाग्यको सामान दिनुहोस् । रातो सारी, रातो रङको अन्य सर(सामान दिनु शुभ मानिन्छ ।

११ घरमा आफूभन्दा ठूला वृद्ध महिलाको खुट्टा छोएर आशीर्वाद लिनुहोस् ।

१२ यस दिन श्रीमानको हाथले सिउँदोमा सिन्दूर लगाउनुहोस् ।

हरतालिका तीजलाई भाग्य वर्धक, श्रीमानको लामो आयू तथा एकापसी समर्पणको व्रत मानिन्छ ।

यो व्रत राख्नाले भगवान शिव तथा माता पार्वतीको कृपया प्राप्त हुन्छ । सौभाग्यवान महिलाहरुको लागि यो व्रतको ठूलो महत्व छ ।

५ भदौ २०७७, शुक्रवार ०९:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु