काठमाडौंमा एक साता लकडाउन गर्ने निर्णय

अत्यावश्यक बाहेकका सबै सेवा, ब्यापार ब्यबसाय,यातायात बन्द

काठमाडौंमा एक साता लकडाउन गर्ने निर्णय

बुधबारदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

केहि दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो।

मंगलबार  मात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ ।

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

 

 

२ भदौ २०७७, मंगलवार १९:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु