इन्द्रमोहन स्मृति गुठीले विभिन्न स्रस्टाहरूलाई पुरस्कृत गर्ने निर्णय

इन्द्रमोहन स्मृति गुठीले विभिन्न स्रस्टाहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
गुठीले २०७७ सालका लागि डा. विमला श्रेष्ठ साहित्य पुरस्कार साहित्यकार भुवन ढुङ्गानालाई प्रदान गर्ने भएको छ भने
ओम–इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार साहित्यिक पत्रकार जयदेव भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै ओम–इन्द्रमोहन स्मृति गीत संगीत पुरस्कार गायक संगीतकार पूजन प्रधानलाई दिने निर्णय गरिएको छ ।
इन्द्रमोहन स्मृति गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
उक्त सबै पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ रहेको छ ।
गुठीका अनुसार पुरस्कार आगामी फागुनमा विराटनगरमा समर्पण गरिने जानकारी गराइएको छ ।
१६ माघ २०७७, शुक्रवार १५:३७ बजे प्रकाशित