बुद्ध एयरको भ्यालेण्टाइन अफर

आगामी १४ फेब्रुअरीका दिन मनाइने भ्यालेण्टाइन डे नेपाली युवामाझ लोकप्रिय छ ।

विशेष गरि शहरीया युवा माझ लोकप्रिय भ्यालेण्टाइन डेलाई लक्षित गरेर बुद्ध एयरले विशेष अफर ल्याएको छ ।

यस दिनलाई अझ रमाइलो बनाउन बुद्ध एयरले एभरेष्ट माउण्टेन फ्लाइटको अफर ल्याएको छ ।

९,९९९ मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाइने साथै चकलेट र फुलका गुच्छा पनि बुद्ध एयरले हरेक टिकटमा प्रदान गर्ने भएको छ ।

एभरेष्ट एक्सपेरियन्स उडान बुद्ध एयरले हरेक शनिबार गर्दै आइरहेको छ ।

१६ माघ २०७७, शुक्रवार १५:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु