महन्थ ठाकुरले उपेन्द्र यादव,बाबुराम भट्टराईसहित १२ सांसदलाई पार्टीबाट निकाले

१२ जनाले गरेको हस्ताक्षरलाई मान्यता नदिन पनि ठाकुरले राष्ट्रपति समक्ष आग्रह गरेका छन् ।

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपाका १२ जना सांसदलाई पार्टीबाट निकालेका छन ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर गरेको भन्दै कारबाही गरिएको हो । १२ जनाले गरेको हस्ताक्षरलाई मान्यता नदिन पनि ठाकुरले राष्ट्रपति समक्ष आग्रह गरेका छन् ।

पार्टीका ३२ मध्ये १२ जना सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष पुगेकोमा उनीहरुमाथि कारवाही प्रक्रिया चलेको र पार्टीले आधिकारिक रुपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै दुवै नेताले ती हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका हुन् ।

जसपाले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय नभएको जानकारी समेत उनीहरुले गराएका छन् । पार्टी निर्णयविपरित हस्ताक्षर गर्ने सांसदहरुमाथि पार्टीले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाएकाले १२ जनालाई गणना नगर्न लिखित आग्रह गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

७ जेठ २०७८, शुक्रवार २०:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु