कांग्रेस उपसभापति गिरीको कोरोना संक्रमणबाट निधन

कांग्रेस उपसभापति गिरीको कोरोना संक्रमणबाट निधन

कोरोनाबाट भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका जिल्ला उपसभापतिको निधन भएको छ । नवलपरासी सुस्ता पश्चिमका ३९ बर्षिय उपसभापति शुभाषचन्द्र गिरीको कोरोनाको कारण निधन भएको हो ।

उनी नेपाली कांग्रेसमा समायोजना हुँदा विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबाट आएका थिए ।

केही समय अगाडि पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरेका उनलाई हप्ता दिन अगाडिमात्रै कोरोना पोजेटिभ देखिएको थियो ।

उनको पित्तथैलीको अप्रेशन भैरहवा मेडिकल कलेजमा भएको थियो । अप्रेशन गरेर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको थियो ।

त्यसपछि उनलाई कोरोना अस्पताल बुटबलमा लगिएको थियो । त्यहाँबाट हेलिकोप्टरका काठमाडौं आउन खोज्दा हेलिकोप्टरसमेत नपाएको पारिवारिक स्रोतले बताएको छ ।

त्यसैगरी एम्बुलेन्ससमेत नपाएपछि नवलपरासीबाट एम्बुलेन्स मगाएर काठमाडौं आएका थिए ।

उनलाई थप उपचारका लागि साउन ३० गते ललितपुरको पाटनमा ल्याइएको थियो । तर भदौ १ गते सोमबार भेन्टिलेटरमा राखिएको थियो । उनको मंगलबार बिहान मृत्यु भएको हो ।

२ भदौ २०७७, मंगलवार ०९:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु