फेरि लकडाउन गर्नेबारे मन्त्रिपरिषद बैठकमा छलफल

कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनहुँ बढ्दै गएपछि सरकार लकडाउन गर्ने या नगर्ने भन्ने बारेमा अनिर्णित बनेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा लकडाउनबारे व्यापक छलफल भएपनि कुनै निर्णय भएन ।

एक मन्त्रीका अनुसार, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रायजसो मन्त्रीहरुले लकडाउन गर्नुपर्ने बताएका थिए । लकडाउन गर्नुको विकल्प नभएको भन्दै सो समयमा व्यापक परीक्षणका लागि आवश्यक तयारी गर्नुपर्नेमा समय मन्त्रीहरुको राय थियो ।

मन्त्रीहरुको सुझावअनुसार नै मंगलबार सीसीएमसीको बैठक बस्ने र लकडाउनको मोडालिटीबारे छलफल गर्ने भएको छ ।

त्यसपछि सीसीएमसीको टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सामूहिक बैठकपछि लकडाउनबारे निचोडमा पुग्नेछ । त्यसपछि बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्नेगरी आजको बैठकमा छलफल भएको एक मन्त्रीले बताए ।

देशभर धेरै जिल्लामा निषेधाज्ञा जारी गरेको र संक्रमण दिनदिनै बढेकाले लकडाउनको तयारीमा सरकार पुगेको छ । तर, कस्तो मोडालिटीमा लकडाउन गर्ने भन्नेबारे छलफल गरेर निर्णयमा पुग्ने सरकारको तयारी छ ।

१ भदौ २०७७, सोमवार २२:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु