ट्वीटरमार्फत मोदीलाई ओलीको शुभकामना

 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन्।

शनिबार विहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले ७४ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी र भारतीय जनतालाई शुभकामना दिएका हुन्।

भारतमा आज ७४ औं स्वतन्त्रता दिवस मनाइँदै छ। कोरोना महामारीकाबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित लालकिल्लाबाट देश र जनताका नाममा सम्वोधन गरिरहेका छन्।

भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको छ।

योबीचमा नेपाल सरकारले वार्ताका लागि गरेको प्रयास र पहललाई भारतले प्राथमिकतामा नराख्दा कुटनीति र राजनीतिक रुपमा संवादहीनताको स्थिति छ।

तर प्रधानमन्त्री ओलीले भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा समकक्षी मोदीलाई ट्वीटरमार्फत शुभकामना दिएका हुन्।

३१ साउन २०७७, शनिवार १०:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु