साझ ८ बजेपछि राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छन् । बुधबार साझ ८ बजेपछि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जानकारी दिएको छ ।
बुधबार दिउँसो पार्टी निकटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष आक्रमक रुपमा प्रस्तुत भएका थिए ।
यता अध्यक्षद्वय ओली र प्रचण्डबीच आज साँझ हुने भनिएको भेटवार्ता पनि स्थगित भएको थियो ।
पछिल्लो समय प्रचण्डसँग दुरी बदेपछि ओलीले राष्ट्रपतिसँग भेटवार्ता गर्दै आएका छन् । नेकपामा डेढ महिनादेखि सत्ता संघर्षमो विवाद उत्कर्षमा रहेको छ ।
असार १० देखि जारी बैठक नियमति बस्न सकिरहेको छैन । अध्यक्षद्वयबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन ।
२२ साउन २०७७, बिहीवार ००:०८ बजे प्रकाशित