मेरै पार्टीमा गैरजिम्मेवारपन देखियो, अरुलाई के भन्नु : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली ओलीले केही व्यक्ति र संस्थामा गैरजिम्मेवार देखिएको बताएका छन् ।
आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा पनि देखिएको उनले बताए ।
मंगलबार विज्ञहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘केही संस्था, व्यक्तिमा गैरजिम्मेवारपन देखिन्छ । त्यो अन्त खोज्न गइरहनु पर्दैन, मेरै पार्टीमा देखिन्छ ।’
उनले अघि भने, ‘२५ जनाभन्दा बढी जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो रु के गर्ने हो सोच केही छैन रु स्थायी कमिटी अहिले बस्नुपर्यो, भरे बस्नु पर्यो, यसबाहेक केही छैन ।
देश र जनताप्रति गम्भीर उदासिनता देखनउने र आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्ति देखिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
२० साउन २०७७, मंगलवार १६:३४ बजे प्रकाशित





