नेपालसँगको सम्बन्धलाई चीनले अत्यधिक महत्व दिएको छ : चिनियाँ राष्ट्रपति

१७ साउन, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् ।

दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गरेका छन् ।

सो क्रममा राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग काम गर्न गर्न इच्छुक रहेको बताएका छन्, ताकि द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन सकियोस् ।

चिनियाँ राष्ट्रपति सीले यस कारण पनि नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ताकि दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् ।

१७ साउन २०७७, शनिवार ०७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु