राजनीति नै भ्रष्टाचारको अखडा भएको स्वीकारोक्ति

११ साउन, काठमाडौं ।  सांसदहरुले राजनीतिक क्षेत्र नै भ्रष्टाचारको मूल केन्द्र भएको स्वीकार गरेका छन् ।

आइतवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुहासन समितको बैठकमा सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले ‘पावर सेन्टर’हरूमा हेर्दा भ्रष्टाचार कति छ भन्ने थाहा हुने बताए ।

‘जहाँ पावर छ, त्यही भ्रष्टाचारको केन्द्र हो’ शर्माले भने, ‘हाम्रा राज्यका शक्ति केन्द्रहरु हरौं, त्यही भ्रष्टाचार छ । नाम किन लिनुप¥यो, म म भने भइहाल्यो ।’

नेकपा सांसद पम्फा भुसालले भ्रष्टाचार किन हुन्छ भन्नेमा पुगेर समाधान खोज्नुपर्ने बताइन् । सम्पति आर्जन, दुई प्रकार ९निजी र सरकारी०को शिक्षा, स्वास्थ्य भएका कारण नै भ्रष्टाचार न्यूनीकरण हुन नसकेको उनले बताइन् । यही कारण बजेटको १० देखि १५ प्रतिशत हरेक वर्ष भ्रष्टाचार हुने गरेको उनको भनाइ थियो ।

स्वतन्त्र सांसद छक्कबहादुर लामाले पनि शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिँदा भ्रष्टाचार कम हुने धारणा राखे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कंडेलले स्थानीय तहमा व्यापक भ्रष्टाचार मौलाएको बताए । ‘अहिलेको बजार अर्थतन्त्रमा हुनेको भइहाल्यो । नहुनेले किड्नी बेच्नुपर्छ, देहव्यापार गर्नुपर्छ । पैसा कहाँबाट आयो भन्ने हुँदैन तर, चाहियो पैसा’ उनले भने ।

समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले अख्तियार नै सरकारको छायाँमा परेको आरोप लाग्ने गरेको बताए । नेमकिपाका सांसद प्रेम सुवालले सरकारमा जान चाहने राजनीतिक दलको इच्छा शक्तिबिना भ्रष्टाचार न्युनीकरण हुन नसक्ने बताए ।

१२ साउन २०७७, सोमवार ००:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु