संसद् अवरोध : ओझेलमा कानून निर्माण

संसद् अधिवेशन सौहार्द हुन नसक्दा कानून निर्माण प्रक्रिया अवरुद्ध भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार हाल संघीय संसदमा ५७ वटा विधेयक विचाराधीन छन् ।

जसमध्ये प्रतिनिधि सभामा ४४ र राष्ट्रिय सभामा १३ वटा विधेयक विचाराधीन छन् । यीमध्ये प्रतिनिधिसभामा दर्ता भएका १२ वटा र राष्ट्रिय सभामा दर्ता भएका ३ वटा विधेयक त सभामा पेस समेत भएका छैनन् ।

विधेयक दर्ता भएपछि सभामा पेस गर्ने, विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने, सैद्धान्तिक छलफल गर्ने र संसदीय समितिमा दफावार छलफलमा पठाउने कानूनी व्यवस्था छ ।

संसदीय समितिले दफावार छलफल गरेर विधेयक प्रतिवेदन सभामा पेस गर्ने र यो प्रक्रिया दुवै सदनले पूरा गरेपछि संसद् भित्रको कानून निर्माणको पाटो टुङ्गिन्छ । तर, कैयन विधेयक दर्ता भएर मात्रै बसेका छन् ।

प्रतिनिधिसभाको सभामा २४ र राष्ट्रियसभाको सभामा ८ वटा विधेयक विचाराधीन छन् ।

प्रतिनिधिसभाका विषयगत समितिमा ७ वटा र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा ४ वटा विधेयक दफावार छलफलमा छन् । प्रतिनिधिसभाको विषयगत समितिमा दफावार छलफलमा ७ वटा विधेयक छन् । राष्ट्रियसभाको सभामा ८ वटा विधेयक विचाराधीन छन् ।

संघीय संसद्‌मा दुवै सभातर्फ दर्ता भएका सन्धि(सम्झौताको सङ्ख्या १४ छ ।

त्यसमध्ये ६ वटा सन्धि(सम्झौता दुवै सभाबाट अनुमोदन भएका छन् भने ८ वटा वितरण मात्र भएका छन् । जुन साधारण बहुमतबाट समर्थन कालागि र संसदमा पेस गर्ने प्रयोजनको दर्ता भएका छन् ।

७ कात्तिक २०७८, आइतवार २२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु