एमालेमा बादलको बरियता घटाइयो

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको वरियता घटेको छ । यसअघि मर्यादाक्रममा माथी भएका बादल अहिले भने तल परेका छन् ।

बादलको मर्यादाक्रम उपाध्यक्ष अष्टलक्ष्मी शाक्यभन्दा तल पारिएको छ । प्रदेशको इन्चार्ज समेत रहेका बादल बिहिबार गठित बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीमा शाक्यभन्दा तल परेका छन् ।

पार्टीले ओलीपछिको सहअध्यक्ष बनाउने भनिएका प्रदेश इञ्चार्ज बादललाई शाक्यभन्दा तलको बरियतामा राखिएको हो । ४ सय ७७ सदस्यीय बाग्मती प्रदेश महाधिवेशन आयोजक कमिटीमा बादल इञ्चार्जसहित दोस्रो वरियतामा रहँदा शाक्यलाई सबैभन्दा माथि राखिएको छ ।

अध्यक्ष र सचिवको जिम्मेवारी क्रमशस् आनन्द पोखरेल र खेम लोहनीलाई दिइएको छ । एमालेमा १० बुँदे सहमति कार्यान्वयन हुँदा प्रदेशको इञ्चार्ज शाक्य हुनुपर्ने हो । तर, बादललाई इञ्चार्ज यथावत राख्न शाक्यलाई उपल्लो वरियतामा राखिएको बताइएको छ ।

पूर्वमाओवादी नेता बादल सर्वोच्चले पार्टी यथाबत गर्ने फैसला गरेपछि एमालेमा बसेका थिए ।माओवादी जनयुद्धताका सैन्य रणनीतिकारको रुपमा रहेका बादल एमाले(माओवादी एकतापछि बनेको नेकपाको ९ सदस्यीय सचिवालयमा शीर्ष नेता थिए ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई एकतापूर्वको अवस्थामा फर्काइदिएपछि आफू निकट सबै नेतालाई माओवादीमै छोडेर बादलले एमाले रोजेका थिए त्यतिबेला ओलीपछिको बरियता र सहअध्यक्ष पाउने आश्वासन बादलले पाएका थिए ।

१९ असोज २०७८, मंगलवार २०:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु