विप्लव र महन्थ ठाकुरबीच परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल

नयाँ गठबन्धनको तयारीमा विप्लव

९ साउन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी ‘जसपा’का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे उनीहरुको छलफल केन्द्रित रहेको बताइएको छ । छलफलको क्रममा विप्लव नेतृत्वको नेकपाका अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समेत सहभागी थिए ।

नयाँ सरकार गठनसँगै जसपाभित्र मतभेद् बढिरहँदा शनिबार विप्लव र उनका सहयोद्धा प्रकाण्ड महन्थ निवास पुगेका हुन् ।

जसपाका नेता महन्थको गतिविधिबाट पछिल्लो समय अर्का नेता उपेन्द्र यादव समूह रुष्ट देखिँदैआएको छ । निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेकोमा यादव समूह ठाकुर र राजेन्द्र महतोसँग रुष्ट देखिएको हो ।

निवर्तमान प्रधानमन्त्री ओलीकै पहलमा सार्वजनिक भएका विप्लवले पछिल्लो समय राजनीतिक भेटवार्ता तिब्र बनाएका छन् ।

यसअघि उनले माधव नेपाल र आफ्नै पूर्वसहयोद्धा पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । यसबीचमा विप्लवले चुनावलाई केन्द्रमा राखेर नयाँ गठबन्धनको तयारी गरिरहेको उनी निकट नेताहरु बताउँछन् ।

९ साउन २०७८, शनिवार १६:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु